२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुटवलमा माघ ११ र १२ गते बैंकिङ एक्स्पो हुँदै

बुटवलमा माघ ११ र १२ गते बैंकिङ एक्स्पो हुँदै

1.3K
Shares

काठमाडौं-माघ ११ र १२ गते बुटवलमा हुने बैंकिङ/बिमा तथा पुँजीबाजरसम्बन्धी प्रदर्शनीको तयारी तीव्र गतिमा भइरहेको अयोजक मिडिया इन्टरनेसलले जनाएको छ । मुलुकभर वित्तीय सचेतना र बिमा साक्षरता फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको एक्स्पोमा नेपाल राष्ट्र बैंक, बिमा समिति, नेपाल धितोपत्र बोर्ड, वाणिज्य बैंकहरू, विकास बैंक, बिमा कम्पनी, वित्त कम्पनी तथा माइक्रोफाइनान्सलगायत युवा स्वरोजगार कोषको सहभागिता रहने आयोजकले जनाएको छ ।
मिडिया इन्टरनेसनलका अध्यक्ष तथा ‘वित्तीय जागरण राष्ट्रिय अभियान’का संयोजक माधव निर्दोषले उपत्यका बाहिर पनि वित्तीय सचेतना तथा बैंक र सर्वसाधारणबीचको सम्बन्ध, बिमाको पहुँच बढाउँदै उद्यमशीलताको विकास गर्न एक्स्पोको आयोजना गरिएको बताए । संयोजक निर्दोषले वित्तीय सचेतनासँगै बिमाको पहुँच सर्वसाधारण सम्म पु¥याउन र बिमा जागरण बढाउन एक्स्पो सफल हुने विश्वास गरे । काठमाडौंमा हरेक वर्ष सञ्चालन हुँदै आएको एक्स्पो काठमाडौं बाहिर यो चौथो कार्यक्रम हो ।
प्रदर्शनीको तयारीका लागि बुटवलमा सचिवालय समेत स्थापना भइसकेको छ । बुटवलको कालिकानगरस्थित कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ । दुई दिनसम्म आयोजना हुने एक्स्पोको अवलोकन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म गर्न सकिनेछ । कार्यक्रममा नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरञ्जीवी नेपाल, बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, विभिन्न बैंकरहरू, बिमकहरू तथा नेपाल धितोपत्र बोर्ड, युवा स्वरोजगार कोषलगायतका संस्थाबाट प्रतिनिधित्व हुने जनाइएको छ । एक्स्पोमा प्रदर्शनीबाहेक दुई दिनसम्म बैंकिङ, बिमा र पुँजीबजारबारे लगातार रूपमा सेमिनार आयोजना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij