२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल फर्मा तथा हेल्थ एक्स्पो हुँदै

नेपाल फर्मा तथा हेल्थ एक्स्पो हुँदै

1.7K
Shares

काठमाडौँ – नेपाल औषधि उत्पादक संघले  फागुन १७ देखि १९ गतेसम्म ‘मरणोपरान्त अंगदानको लागि सामाजिक अभियान सहितको नेपाल फर्मा तथा हेल्थ एक्स्पो’ को आयोजना गर्ने भएको छ ।

एक्स्पोमा नेपालमा उत्पादन गर्दै आएका औषधी र औषधी उत्पादनमा प्रयोग हुने प्रविधिका साथै ल्याबका बारेमा जानकारी गराइने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

२ सय स्टलहरु रहने एक्स्पोमा औषधि क्षेत्रमा नयाँ प्रविधिका खोज गरिरहेका विभिन्न ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० भारतीय र १० चिनियाँ कम्पनी सहभागी हुनेछन् ।  साथै एक्स्पोमा नीजि क्षेत्रका १० वटा अस्पताले समेत भाग लिनेछन् ।

यो वर्षको एक्स्पोमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले मरोणपरान्त अंगदान गर्नुपर्ने महत्वको बारेमा जानकारी गराउने र एक्स्पोमा एक हजार जनाले अंगदान गर्ने विश्वास आयोजकको रहेको छ ।

नेपालमा हाल प्रत्येक वर्ष ३५ प्राविधिक कलेबाट करिव १५ सय औषधि प्राविधिक र ५ सयको हाराहारीमा फर्मासिस्ट उत्पादन हुँदै आएको छ ।

नेपालमा औषधि उत्पादन गर्ने कम्पनीले दिनमा ६ देखि ७ घण्टा मात्रै काम गर्दै आईरहेको र सरकारले उत्पादनमा सहयोग गर्ने हो भने नेपालको माग धान्नलाई नेपाललेनै सक्ने संघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij