२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेशनल म्याथम्याटिकल क्वीज माघ १० गते आयोजना हुँदै

नेशनल म्याथम्याटिकल क्वीज माघ १० गते आयोजना हुँदै

1.7K
Shares

काठमाडौं -नेपाल गणित समाजको आयोजनामा देशव्यापी ‘नेशनल म्याथम्याटिकल क्वीज’ प्रतियोगिता आयोजना हुँदैछ । पहिलो पटक आयोजना हुन लागेको यो प्रतियोगिता यही माघ १० गतेदेखि तीन दिनसम्म चल्नेछ ।

भक्तपुरको गुन्डुस्थित काठमाडौं वर्ल्ड स्कुलमा प्रतियोगिता आयोजना हुने छ । प्रतियोगितामा कक्षा ११ र १२ का ६४ वटा टिम सहभागी हुने नेपाल गणित समाजका सहसचिव जीवन काफ्लेले जानकारी दिए । विजेतालाई छात्रवृत्ति, ल्यापटप, नगद पुरस्कार, गिफ्ट ह्याम्परको व्यवस्था गरिएको छ ।

गणित विषय गाह्रो छ भन्नेहरुलाई सहज बनाउन र गणित विषयमा रुचि बढाउन यस्तो कार्यक्रम आयोजना गरिएको काफ्लेले बताए । यस्ता कार्यक्रम आगामी दिनमा प्रदेशस्तरमा पनि आयोजना गरिने समाजको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij