२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

त्रिविद्धारा स्नातकोत्तर तह तथ्यांक शास्त्र विषयको नतिजा प्रकाशित

त्रिविद्धारा स्नातकोत्तर तह तथ्यांक शास्त्र विषयको नतिजा प्रकाशित

1.8K
Shares

काठमाडौं/त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह तथ्यांक शास्त्र विषयको नतिजा प्रकाशित गरेको छ ।

त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखाले सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ् सिष्टम अनुसार २०७५ सालको असोज महिनामा सञ्चालन गरेको स्नातकोत्तर तह तथ्यांक शास्त्र विषय प्रथम वर्ष प्रथम शत्र २०७४ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाफल प्रकाशित गरेको हो ।

लब्धांक पत्र सम्बन्धीत केन्द्रीय विभागबाट प्राप्त हुने त्रिविले जनाएको छ । पुनर्योग गर्न चाहने परीक्षार्थीहरुले माघ २७ गते सम्म पुनर्योगको लागि निवेदन दिन सकिने भएको छ । नतिजा त्रिविले प्रकाशित गरेको तलको सूचनामा हेर्न सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij