२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

शिक्षक लाइसेन्स बिना एक वर्ष करारमा पढाउन पाइने

शिक्षक लाइसेन्स बिना एक वर्ष करारमा पढाउन पाइने

3.3K
Shares

काठमाडौं– उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदनमा विभिन्न विषयमा सर्वाधिक वा तोकिएको उच्च अंक ल्याएका मेधावी व्यक्तिका लागि अध्यापन अनुमतिपत्र अनिवार्य गरिएको छैन ।
प्रतिवेदनमा त्यस्ता विद्यार्थीलाई प्रधानाध्यापकले स्थानीय सरकार र विद्यालय व्यवस्थापन समितिको परामर्शमा सोझै रिक्त दरबन्दीमा बढीमा एक वर्षका लागि करारमा नियुक्ती गर्न सक्ने उल्लेख गरिएको छ । उनीहरुलाई शिक्षक लाइसेन्स नलिएपनि एक महिने संक्षिप्त सघन शिक्षक तालिम लिएपछि मात्र करारमा नियुक्त गरिनेछ ।
लाइसेन्स लिएका व्यक्तिहरुका लागि सुरुमा आगामी २ वर्षभित्र अनिवार्य रुपमा पुर्ननविकरण गर्नुपर्ने व्यवस्था अघि सारिएको छ । एक पटक शिक्षण अनुमतिपत्र प्राप्त गरेका शिक्षकहरुले आफूले प्राप्त गरेको अनुमतिपत्रको हरेक ५÷५ वर्षको अन्तरालमा पुनःनविकरण गर्नुपर्ने प्रतिवेदन उल्लेख छ ।
प्रतिवेदनमा शिक्षक सेवा आयोगले व्यवहारिक कक्षा प्रदर्शनीलाई अनिवार्य बनाइने भनिएको छ । विद्यालयको आवश्यकता अनुसार तहगत, विषयगत रुपमा शिक्षक व्यवस्थापन स्थानीय तहबाटै हुने व्यवस्था गर्न सुझाव दिएको छ ।
प्रतिवेदनमा योग्यतामा आधारित शिक्षक निवृत्तिभरण कोषको व्यवस्था, विद्यालय शिक्षकहरुको बढुवा योग्यता र दक्षताका आधारमा विद्यालय तहको माथिल्लो तह र श्रेणी सम्म हुन सक्ने प्रावधान राख्ने उल्लेख छ । शिक्षकको बढुवा ५० प्रतिशत आन्तरिक प्रतियोगिताबाट र ५० प्रतिशत निश्चित सक्षमताहरु पूरा गरेपछि मात्र व्यवस्था गर्ने प्रतिवेदनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij