२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यामाहाले ल्यायो एफजेड रेन्जको अपडेटेड भर्सन

यामाहाले ल्यायो एफजेड रेन्जको अपडेटेड भर्सन

1.3K
Shares

यामाहाले आफ्नो दमदार बाइक एफजेड रेन्जको अपडेटेड भर्सन भारतीय बजारमा लन्च गरेको । नयाँ बाइकमा सिंगल च्यानल एबीएस स्ट्यान्डर्डको रुपमा उपलब्ध छ ।

यामाहाले एफजेड–एफआई भी ३.० एबीएसको मूल्य ९५ हजार र एफजेडएस–एफआई भी ३.० एबीएसको मूल्य ९७ हजार भारु तोकेको छ ।

नयाँ एफजेड–एफआई भी ३.० पुरानो मोडल जस्तै सार्प र मस्कुलर लुकमा उपलब्ध छ । यद्यपि यसको इन्धन ट्यांकी भने फरक देखिन्छ ।

इन्धन ट्यांकीको अघिल्लो भागमा ग्रिल जस्तै एयर भेन्ट छ । यसका कारण नै बाइक धेरै दमदार देखिएको छ । यो बाइक सिंगल सिट अप्सनमा पनि उपलब्ध छ ।

बाइकमा नयाँ एलोई ह्विल र दुई पटक डिजाइन गरिएको फेन्डर्स छ । पछिल्लो भागमा नयाँ टेल लाइट र बडी वर्क छ । बाइकमा नयाँ एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर र एलईडी हेडलाइट छ ।

मेकानिकल्ली यसको इन्जिनमा कुनै परिवर्तन गरिएको छैन । बाइकमा १४९ सीसी एयरकुल्ड टु भल्व सिंगल सिलिन्डर इन्जिन उपलब्ध छ । यसले १३.२ बीएचपी पावर र १२.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij