२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टिभिएस ग्रान्ड एक्सचेन्जमा श्रेष्ठले जिते मोटरसाइकल

टिभिएस ग्रान्ड एक्सचेन्जमा श्रेष्ठले जिते मोटरसाइकल

1.5K
Shares

काठमाडौं– टिभिएस मोटर कम्पनिको नेपालकै एकमात्र अधिकृत बिक्रेता जगदम्बा मोटर्सको ’दि टिभिएस ग्रान्ड एक्सचेन्ज‘ कार्यक्रममा राज कुमार श्रेष्ठले मोटरसाइकल जितेका छन् ।

४ दिने ऊ एक्सचेन्ज मेलामा निशुल्क स्वास्थ्य जाँच र बम्पर उपहारमा टिभिएसको स्ट्राइकर १२५ सी.सी मोटरसाइकल प्रमुख आकर्षण रहेको थियो । कार्यक्रमको अन्त्यमा लक्की–ड्र मार्फत राज कुमार श्रेष्ठ बिजेता बने ।

पुष २५ गते देखि पुष २८ सम्म चलेको ’दि टिभिएस ग्रान्ड एक्सचेन्ज‘ कार्यक्रम ग्राहकको उच्च माग र उत्सुकतालाइ मध्यनजर गर्दै थप १ दिन बढाइ पुष २९ मा सम्पन्न भएकोे थियोे । नेपाली बजारमा निकै नाम चलेको कम्पनीले यो एक्सचेन्ज योजनामा जुनैपनि कम्पनीको बाइक वा स्कुटरसंग आफ्नो उत्पादन एक्सचेन्ज र अन्य विभिन्न उपहारका साथ साथै छुटको पनि व्यवस्था गरेको थियो ।

ग्राहकहरुको सेवा तथा सुबिधाको लागि गरिएको यस आयोजना मार्फत अत्यधिक ग्राहकहरुको सहभागिताका साथ साथै ५ दिनमा करिब ५०० बाइक र स्कुटर एक्सचेन्ज गर्न सफल भएको छ ।

कुनै पनि सवारी साधन एक्सचेन्ज गर्न मिल्ने यस कार्यक्रममा २०% डाउनपेमेन्टमा ०% ब्याजदर,  ८ हजारसम्म पर्ने उपहार (हेल्मेट, पन्जा, बाइक कभर र ब्याग), जुनै सवारीमा न्युनतम २५ हजार मुल्यांकन, ७ हजार देखि १ लाखसम्मको नगद छुट र बम्पर उपहारमा टिभिएस स्ट्राइकर १२५ सी.सी. बाइकहरु जस्ता आकर्षक उपहारको व्यवस्था थियो ।

कम्पनिका बजार प्रमुख बिक्रम पौडेलले भने, “ग्राहकहरुको सक्रिय सहभागिता देखेर हामी निकै खुशि भएका छौ त्यसैले टिभिएसले आउने दिनहरुमा ग्राहकहरुको सेवा तथा सुविधाको लागि यस्ता अन्य विभिन्न कार्यक्रम र अफरको आयोजना गर्ने उद्देश्य बोकेको छ ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij