काठमाडौं-ओम डेभलपमेन्ट बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी तथास्कुल विश्वविद्यालयको तर्फकाट डा. रबिन्द्र घिमिरेले हस्ताक्षर गरेका थिए ।मानव संसाधन लगायत विद्यार्थीहरुलाई अध्ययन अनुसन्धानमा आबश्यक पर्ने वित्तीय लगायत विविध विषयहरुमा सहयोग गर्ने गराउने उद्देश्यले सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यबस्थापनमा पोखरा विश्वविद्यालयमा स्तातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रात्साहित गर्ने, बैंकद्धारा सञ्चालन गरिने बित्तीय साक्षरता कार्यक्रममा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहयोग लिने, भिजिटिङ प्रोफेसरका रुपमा अध्ययनरत विद्यार्थिहरुलाई बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयमा जानकारी गराउने लगायत विविध विषयहरु पनि समेटिएको बैंकले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij