काठमाडौं-गोर्खाज फाइनान्सको वार्षिक साधारणसभा फागुन १० गते हुने भएको छ । सञ्चालक समितिको सोमबार बसेको बैठकले फागुन १० गते साधारणसभा आह्वान गरेको हो ।
फाइनान्सले गत आर्थिक वर्षको वासलात तथा नाफा नोक्सान, चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगाएतका एजेन्डाहरु साधारण सभामा लैजानेछ । साधारण सभा गर्न कम्पनीले फागुन १ गतेदेखि बुक क्लोज गर्ने भएको छ ।
माघ २९ गतेसम्म कायम रहने सेयरधनीले साधारणसभामा भाग लिन सक्ने फाईनान्सले जनाएको छ । फाइनान्सको हाल चुक्ता पुँजी ८६ करोड ७९ लाख ९४ हजार रुपैयाँ रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij