२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैक र शिखर इन्स्योरेन्सबीच सम्झौता

नेपाल बैक र शिखर इन्स्योरेन्सबीच सम्झौता

755
Shares

काठमाडौं-नेपाल बैक र शिखर इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सझौतापत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेले हस्ताक्षर गरे ।

अवसरमा बैकका प्रमुख कार्यकारी अधिकृत शाहले वित्तिय संस्थाहरु आफ्नो अस्तित्वका लागि न्यायोचित मुनाफाका साथै समाज र देशको आर्थिक सामाजिक उन्नतीमा समेत इमान्दार ढंगले लाग्नुपर्ने वताउंदै बीमा बजारमा विशिष्ट स्थान बनाउन सफल शिखर इन्स्योरेन्सँंग नेपाल बैकको सहकार्यबाट दुबै संस्था र समग्र देश लाभान्वित हुने  अपेक्षा गरे ।

कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पाण्डेले दुर्गम स्थानमा समेत कृषि बीमा मार्फत सर्वसाधारण किसानको आर्थिक हीतमा उल्लेख्य भूमिका निर्वाह गरेको स्मरण गर्दै नेपालको अग्रणी बैकसँग सहकार्य गर्न पाउदा शिखर इन्स्योरेन्स गौरवान्वित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij