२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय वाणिज्य बैंकको तीन शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकको तीन शाखा विस्तार

890
Shares

काठमाडौं-राष्ट्रिय वाणिज्य बैंकले तीन नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा न ६ स्थित बौद्ध,  जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा ४ गौरीखाली स्थित जाजरकोट र रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका वडा न ६ स्थित रुकुमकोटमा नयाँ शाखा विस्तार गरेको हो ।

साथै, बैंकले ग्राहकमैत्री सेवा र ब्यवहारलाई प्राथमिकतामा राख्दै आकर्षक भौतिक पूर्वाधार, चुस्त तथा सहज सेवा र आधुनिक इलेक्ट्रोनिक उपकरणहरुको अधिकतम प्रयोग गर्ने उद्देश्यले आगामी माघ १० गते बैंकको ५४औं बार्षिक अवसरमा शुभारम्भ गरिने छ ।

पहिलो चरणमा बैंकका तीनवटा शाखा कार्यालय नक्साल, पुल्चोक र हेटौंडालाई स्मार्ट ब्रान्चको रुपमा राखिने छ भने विस्तारै बैंकका सम्पूर्ण शाखाहरुलाई चरणगत रुपमा स्मार्ट ब्रान्चको रुपमा विकास गर्दै लैजाने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij