२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भैरहवामा गुहेश्वरी फाइनान्सको नयाँ शाखा स्थापना

भैरहवामा गुहेश्वरी फाइनान्सको नयाँ शाखा स्थापना

955
Shares

काठमाडौं -गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले रुपन्देही, भैरहवाको देवकोटा चोकमा नयाँ शाखा विस्तार गरेको छ  । नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोक कुमार पौडेलबाट संस्थाका अध्यक्ष श्रीमान श्रेष्ठ, पूर्व अध्यक्ष राजेश लाल श्रेष्ठ, तथा प्रमुख कार्यकारी अधिकृत  दिनेश लाल श्रेष्ठको  समुपस्थितिमा भएको हो ।

८० करोड चुक्ता पूँजी रहेको संस्थाको जगेडा कोषमा  १५ करोड ९७ लाख रहेको छ । ०७५ पौष मसान्त सम्म निक्षेप संकलन ३ अर्ब ३० करोड तथा कर्जा २ अर्ब ९० करोड प्रवाह गरी  ५ करोड २६ लाख संचालन मुनाफा आर्जन गरेको छ

एटिएम सेवा, एसएमएस बैंकिङ, इन्टरनेट  बैंकिङ इसीसी,आईपिएस सेवा, लक्क, सुविधा  विभिन्न विप्रेशन सेवा  तथा डीपी सेवा र सी आस्वा लगायत अन्य बैंकिङ सेवा ग्राहकलाई  दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij