काठमाडौं -ग्लोबल आइएमई बैंक र एमआर डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरबीच सम्झौता भएको छ । एमआर डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्भौतापत्रमा एमआर डाएगोनस्टिकका तर्फबाट सञ्चालन निर्देशक डा.सतेन्द्र राउत र बैंकका तर्फबाट विराटनगर शाखाका शाखा प्रबन्धक शशि शेखर शर्माले हस्ताक्षर गरे । बैंकले एमआर डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले सम्झौता गरेको हो ।
उक्त सम्झौता पश्चात एमआर डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट,प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन् ।
हाल बैंकले मुलुकभर १३३ शाखा, १४२ एटिएम,७ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर,११७ शाखा रहित बैंकिङ सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij