२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकको भिजा डेबिट/क्रेडिट कार्ड प्रयोगमा नगद फिर्ता योजना

सिटिजन्स बैंकको भिजा डेबिट/क्रेडिट कार्ड प्रयोगमा नगद फिर्ता योजना

1.1K
Shares

काठमाडौं -सिटिजन्स बैंक इन्टरनेसनलले क्यास ब्याक (नगदफिर्ता) योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पिओएस  वा अनलाइन कारोवारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत नगद फिर्ता प्राप्त गर्न सकिनेछ ।

नगद फिर्ताको सीमा प्रति  दिन ५ सय र प्रति महिना रु ३ हजारसम्म रहनेछ । यो योजना सिमित अवधीको लागी लागु हुने बैंकले जनाएको छ ।

बैंकले मुलुकभर ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट करिव ४ लाख  ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij