२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पूर्वगभर्नर रावल १० लाख धरौटीमा छुटे

पूर्वगभर्नर रावल १० लाख धरौटीमा छुटे

1.1K
Shares

काठमाडौं– विशेष अदालतले पोलिमर नोट छपाईमा भएको भ्रष्टाचार मुद्धामा मुछिएका पूर्वगभर्नर तिलक रावललाई १० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द र प्रेमकुमार श्रेष्ठ वैद्यको इजलासले रावललाई रिहा गर्ने आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्धामा हाजिर हुन पुगेका रावलले १० लाख नगदनै बुझाएर अदालतबाट बाहिरिएका थिए ।

पोलिमर नोट छपाईमा भएको भ्रष्टाचार मुद्दामा अख्तियारले गत पुसमा रावलसहित राष्ट्र बैंकका तत्कालीन  नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेल र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएका एजेन्ट हिमालयबहादुर पाँडेविरुद्ध कुल २ करोड ७३ लाख रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा मुद्धा दायर गरेको थियो । रावल बाहेक उनीहरु भने अदालतमा उपस्थित भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij