२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रवि लामिछाने र निकिता पौडेलले गरे विवाह

रवि लामिछाने र निकिता पौडेलले गरे विवाह

3K
Shares

काठमाडौं– चर्चित पत्रकार रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसंग विवहा गर्ने भएका छन् । आज काठमाडौं जिल्ला अदालतमा कानुनि रुपमा विवाह गरे पनि बैशाखमा धार्मिक परम्परा अनुसार हुने रवि लामिछानेले आफ्नो फेसबुक मार्फत जानकारी दिएको हुन ।
उनको स्टाटस
ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij