काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमण सकेर बुधबार स्वदेश फिर्ता भएका छन् ।
प्रधानसेनापति थापालार्ई बलाधिकृत रथी हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए भने नेपाली सेनाका रथीहरुले जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
पुस २७ गते थापा भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा गएका थिए ।
भारत भ्रमणमा रहँदा सेनापति थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेका थिए ।
भ्रमणका क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावतसँग भेटघाट गर्नुको साथै न्यू दिल्लीस्थित नेशनल डिफेन्स कलेज, जयपुरस्थित मुख्यालयहरुको निरिक्षण भ्रमण समेत गरेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij