२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चलचित्र ‘बैना’ माघ ११ गतेबाट प्रर्दशनमा हुने

चलचित्र ‘बैना’ माघ ११ गतेबाट प्रर्दशनमा हुने

2.2K
Shares

काठमाडौं– लिङ्देन फिल्मस्को ब्यानरमा निर्मित चलचित्र ‘बैना’ माघ ११ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ । आईतबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उक्त कुराको जानकारी निर्माणपक्षले गराएका हुन् । चलचित्रमा सुबाष मेचे, रञ्जिता लिम्बु, सुरबिर पण्डित, भुपेन्द्र लिङ्देन, राजु लिङ्देन, विश्व मुखिया, उदय सुब्बा, युमारानि लिम्बु, सन्तु मगर लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा बिकाश चौधरीको संगीत, राजु किरातिको द्धन्द, कमल राइको नृत्य रहेको छ । कथा, पटकथा, सम्बाद बिजय केरुङको रहेको चलचित्र ‘बैना’ त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बताईन्छ ।
दिलप्रकाश याक्सो निर्देशित चलचित्र ‘बैना’ पूर्वाञ्चलका रमणिय स्थान दमक, धनकुटा, ईलाममा छायांकन गरिएको हो । भुपेन्द्र लिङ्देनको प्रस्तुति रहेको चलचित्र ‘बैना’लाइ हिमालि लिङ्देन, राजु लिङ्देन, धन बहादुर याक्सो, बिना पालुङ्वाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij