२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एमबिबिएस भर्नामा गैरकानुनी शुल्क, नेशनल कलेजले अशुल्छ १४ लाख बढी

एमबिबिएस भर्नामा गैरकानुनी शुल्क, नेशनल कलेजले अशुल्छ १४ लाख बढी

1.2K
Shares

काठमाडौं- चिकित्सा शिक्षा सुधारका लागि व्यापाक बहस भइर हेको बेला निजी मेडिकल कलेजहारुले मनपरी शुल्क लिएका छन् । सरकारले उपत्याकामा ३८ लाख ५० हजार र उपत्याकाबाहिर ४२ लाख ४५ हजारसम्म व्यवस्था गरेको छ । तर, मेडिकल पठाउने मेडिकलहरुले १४ लाख बढी लिएको भेटिएको छ । वीरगञ्जस्थित नेपाल मेडिकल कलेजले एमबिबिएसका विद्यर्थीसँग सरकारले तोकेभन्दा १४ लाखसम्म बढी शुल्क अशुलेको खुलेको छ । यो समचार आजको नयाँ पत्रिका दैनिकमा छ ।गत २६ असोजमा सरकारले एमबिबिएस उपत्याकाभित्रका कलेजलाई ३८ लाख ५० हजार र काठमाडौं बारिहका कलेजलाई ४२ लाख ४५ हजार शुल्क निर्धारण गरे पनि नेशनल मेडिकल कजेलले ५५ लाख ८५ हजार ५ सय उठाएको भेटिएको हो ।नेपाल मेडिकल कलेजले नियम मानेको देखाउन दुई थरी बिल बनाउने गरेको पनि सूचना चुहिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij