काठमाडौं – ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुरेण्टहरूमा डिएसपी हुँ भन्दै धाक धम्की दिँदै हिँड्ने भक्तपुर बालकोट घर भएका ३५ वर्षीय अनिल थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं कमलादीस्थित तिरुपति होटलमा विगत १४ दिनदेखि कोठा नम्बर २०३ मा बस्दै आफूलाई नेपाल प्रहरीको वहालवाला डिएसपी भनि नक्कली परिचयपत्र समेत देखाई अपराधिक गतिविधि गर्दै आएका थापालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले सोही होटलबाट पक्राउ गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij