काठमाडौं– नेपाल बैकका नवनियुक्त अध्यक्ष वासुदेव अधिकारीले शपथ ग्रहण गरेका छन् । संचालक समितिका नवनियुक्त अध्यक्ष वासुदेव अधिकारीलाई नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरन्जिीबि नेपालले नेपाल राष्ट्र बैकमा आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
अधिकारी विसं २०२१ मा धादिङ जिल्ला, नीलकण्ठ नगरपालिका, सुनौलो बजारमा जन्मी त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातक, जनप्रशासन र नेपाली साहित्यमा स्नातकोत्तर उपाधी हासिल गरेका उनी नेपाल राष्ट्र बैकका विभिन्न विभागमा ३० वर्षको कार्यानुभव संगाली कार्यकारी निर्देशकबाट गत २०७४ चैतमा सेवा निवृत्त भएका हुन् ।
उक्त समारोहमा नेपाल राष्ट्र बैकका डेपुटि गभर्नरद्वय चिन्तामणि शिवाकोटी तथा शिवराज श्रेष्ठ, प्रवक्ता तथा कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, नेपाल बैक लिमिटेड्का संचालक दीपेन्द्र विक्रम थापा, नेपाल बैक लिमिटेड्का प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह, नायव प्रमुख कार्यकारी अधिकृतद्वय दुर्गाराज रेग्मी तथा राजुनाथ खनाल लगायत नेपाल राष्ट्र बैक र नेपाल बैक लिमिटेड्का उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij