२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिसन डेभलपमेण्ट बैंकको साधारणसभाले ११ प्रतिशत बोनस सेयर पारित

मिसन डेभलपमेण्ट बैंकको साधारणसभाले ११ प्रतिशत बोनस सेयर पारित

1.1K
Shares

काठमाडौं– मिसन डेभलपमेण्ट बैंकको साधारणसभाले ११ प्रतिशत बोनस सेयर पारित गरेको छ । अब बैंकको ५१ करोड ९२ लाख ८० हजार दुई सय रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको बोनस पछि ५७ करोड ६४ लाख ११ हजार २२ रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।
साथै उक्त साधारणसभाले आर्थिक बर्ष २०७४÷७५ बार्षिक प्रतिवेदनको छलफल, लेखाप्रतिवेदन, नगद लाभांश, लेखापरीक्षक नियुक्तीको अख्तियारी, सञ्चालकहरुको निर्वाचन लगायत मर्जरको लागि आवश्यक कमिटी गठनको लागि सञ्चालक समीतिलाई अख्तियारी दिएको छ ।
साधारणसभाले चार जना सञ्चालक समीति सदस्य चयन गरेको छ । जसमा ऋषिराम पाण्डे, टिकाराम घिमिरे, धर्मराज पौडेल, लिल बहादुर केसी रहेका छन् ।
तीन जिल्ला कार्य क्षेत्र भएको बैंकले २० वटा शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij