२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुटवलमा कैलाश विकास बैंककोे नयाँ शाखा

बुटवलमा कैलाश विकास बैंककोे नयाँ शाखा

1K
Shares

काठमाडौं– रुपन्देही जिल्लाको होराईजनचोक बुटवलमा कैलाश विकास बैंकले नयाँ शाखा स्थापना गरेको छ । नयाँ शाखाको उद्घाटन बैंकका सञ्चालक एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिल नारायण श्रेष्ठले गरेका हुन् ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरको अध्यक्षता रहेको उक्त कार्यक्रममा बैंकका पश्चिम क्षेत्रका क्षेत्रिय प्रमुख कृष्ण प्रसाद अर्याल, न्यु होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्याय, उद्योग बाणिज्य संघ बुटवलका बरिष्ठ उपाध्यक्ष उज्वल कसजु, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री लगाएतले बोलेका थिए ।
हाल बैंकले ८२ शाखा ३१ एटिएम मार्फत आफ्ना ग्राहकलाई आधुविब बैंकिङ सेवा उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij