काठमाडौं-ग्लोबल रिचको आयोजनामा आगामी सोमबार काठमाडौंस्थित होटल डेला अन्नपूर्णमा अष्ट्रेलियन एजुकेशन मेला हुने भएको छ। नेपालमा हुने गरेका अष्ट्रेलियन युनिभर्सिटी मेला मध्ये यो हालसम्मकै ठूलो मेला आयोजक ग्लोबल रिचको दावी छ।
शैक्षिक मेला बिहान १० बजे देखि साँझ ५ बजे सम्म सञ्चालन हुने छ। मेलामा विश्व सूचिमा अग्रस्थानमा रहेका अष्ट्रेलियाका उत्कृष्ठ ३९ युनिभर्सिटीहरुको सहभागिता रहने आयोजकले जनाएको छ।
अष्ट्रेलियामा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरुले शैक्षिक मेलामा सहभागी भई विभिन्न युनिभर्सिटिका प्रतिनिधिहरुसँग सिधै भेटघाट गर्न र आवश्यक जानकारी लिन सक्नेछन्।
आयोजकका अनुसार उपत्यका बाहिर माघ १ गते पोखराको न्यूरोडस्थित सिटी स्क्वायर बैंङ्क्वेटमा, माघ २ गते भरतपुर गार्डेन रिसोर्टमा, माघ ३ गते बुटवलस्थित ग्लोवल रिचको कार्यालयमा बिहान ११ बजे देखि ४ बजे सम्म मेला आयोजना हुनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij