काठमाडौं -एनएमबि बैंकले २३ औँ वार्षिक साधारण सभाले गत आवको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
साधारण सभाले एनएमबि बैंकको बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकालीमा पवनकुमार गोल्याणको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
अब बैंकको वोनस शेयर पछि चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख पुग्नेछ। हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij