२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नवलपरासीमा ग्लोबल आइएमईकोराजस्व सङ्कलन काउन्टर

नवलपरासीमा ग्लोबल आइएमईकोराजस्व सङ्कलन काउन्टर

1.1K
Shares

नवलपरासी -ग्लोबल आइएमई बैङ्कले कावासोती नवलपरासीको बर्दघाट–सुस्तामा राजस्व सङ्कलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैङ्कले पुस २४ गतेदेखि राजस्व सङ्कलन काउन्टर सञ्चालनमा ल्याएको हो ।

कम्पनीले बढ्दो चापलाई मध्यनजर गर्दै सेवाग्राहीको सुविधालाई ध्यानमा राखी छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले राजस्व सङ्कलन काउन्टर सञ्चालनमा ल्याइएको बताएको छ । यस राजस्व सङ्कलन काउन्टर बैङ्कको कावासोती शाखाको मातहतमा रहने छ ।

ग्लोबल आइएमई बैङ्कका देशभर १ सय ३३ शाखा, १ सय ४२ एटीएम, ७ एक्सटेन्सन काउन्टर, १५ ओटा राजस्व सङ्लन काउन्टर र १ सय १६ शाखारहित बैङ्किङ सेवामार्फत् ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij