२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माछापुच्छ्रे बैंकलाई आईएसओ ९००१ः २०१५ प्रमाणपत्र

माछापुच्छ्रे बैंकलाई आईएसओ ९००१ः २०१५ प्रमाणपत्र

1.1K
Shares

काठमाडौं– माछापुच्छ्रे बैंकले‘ ‘अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː२०१५’ पाएको छ । बैंकलाई उक्त अवार्ड यूनाईटेड रजिष्टार अफ स्टिम यूकेले प्रदान गरेको हो ।
बैंकको ग्राहक केन्द्रित योजना, सेवा तथा वस्तुहरुको गुणस्तर, प्रभावकारी व्यवस्थापन शैली, ग्राहक सन्तुष्टी तथा संस्थागत सुशासन जस्ता कार्यक्षेत्रको सफल अभ्यास र सबल प्रयासले गर्दा कम्पनीले उक्त प्रमाणपत्र पाएको हो ।
आईएसओ ९००१ः २०१५ स्टान्डर्ड ग्राहक केन्द्रित कार्यशैली, उच्चतहको व्यस्थापनको प्रोत्साहनएवं प्रभावकारीता, प्रक्रियागत शैली र निरन्तर सुधार लगायत विविध गुणस्तरीय व्यवस्थापन सिद्धान्तहरुमा आधारित हुन्छ । उक्त आईएसओ ९००१ः २०१५ ले ग्राहकलाई निरन्तर गुणस्तरीय वस्तु तथा सेवाहरु प्रदान गराउनमा सहयोगी भुमिका निर्वाह गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij