काठमाडौं– काठमाडौंमा रहेको पाँचतारे होटेल र्याडिसनका अध्यक्ष गोविन्ददास श्रेष्ठको निधन भएको छ । भारतको मुम्बईस्थित लीलावती अस्पतालमा उपचार गराइरहेका ८७ वर्षीय श्रेष्ठको बुधबार बिहान निधन भएको होटेल संघ नेपाल (हान)ले जानकारी दिएको छ ।
सन् १९६८ मा हिमालयन ट्राभल एन्ड टुर्स सुरु गरेर पर्यटन व्यवसायमा प्रवेश गरेका उनलाई नेपालमा अन्तर्राष्ट्रिय चेन होटेल ब्रान्ड भित्र्याउने श्रेय जान्छ । उनकै पहलमा र्याडिसन ब्रान्ड नेपाल भित्रिएको हो ।
श्रेष्ठले नेपालमा अन्तर्राष्ट्रिय चेन होटेल ब्रान्ड भित्र्याएर नेपाली पर्यटन तथा आतिथ्य सेवामा ठूलो योगदान पुर्याएको हानका अध्यक्ष अमरमान शाक्यले बताए । श्रेष्ठको अन्तिम संस्कार बिहीबार गर्ने कार्यक्रम छ ।
स्व. श्रेष्ठका श्रीमती, एक छोरा र दुई छोरी छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij