२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लोकसेवाले माग्यो नौ सय नायव सुब्बा

लोकसेवाले माग्यो नौ सय नायव सुब्बा

1.5K
Shares

काठमाडौं-लोक सेवा आयोगले नायव सुब्बा पदमा विज्ञापन खुलाएको छ। राजपत्र अंकित प्रथम श्रेणी (अप्राविधिक) मा खुला र समावेशी प्रतियोगितात्मक परीक्षाबाट लोक सेवाले पदपूर्तिका लागि आवेदन माग गरेको हो।

गोरखापत्रमा बुधबार सूचना निकालेर लोक सेवाले अनलाइनबाट पनि फारम भर्न सक्ने उल्लेख गरेको छ। psconline.psc.gov.np मा गएर आवेदन दिन सकिन्छ।

न्याय, परराष्ट्र, लेखा परीक्षण, व्यवस्थापिका संसद सेवामा ९ सय बढी संख्यामा नायव सुब्बाका लागि लोक सेवाले विज्ञापन खुला गरेको हो। लोक सेवाको दीपायल, सुर्खेत, बुटवल, पोखरा, काठमाडौं, जलेश्वर र धनकुटा कार्यालयले विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेका हुन्।

आवेदन दिन खुलाका लागि चार सय रुपैयाँ र समावेशी कोटाका लागि छ सय रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ। माघ १५ सम्म आवेदन दिन सकिने छ। माघ १५ सम्म १८ वर्ष पुग्ने तथा ३५ वर्ष ननाघेकोले आवेदन दिन सक्नेछन्। महिला, अपांगको हकमा ४० वर्ष ननाघेको र बहालवाला स्थायी निजामती कर्मचारीको हकमा उमेरहद नलाग्ने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij