काठमाडौं– राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले बहुमतले पारित भएको छ ।
आज बहुमतले पारित भएको विधेयकको पक्षमा सत्तारुढ दलका १४ जना सांसदले मत दिएका थिए भने विपक्षमा प्रतिपक्षका ४ जनाले मत दिएको समिति सभापति जयपुरी घर्तीले जनाकारी दिइन् ।
विपक्षमा गगन थापा, उमाकान्त चौधरी, मान बहादुर विक र नमिता चौधरीले फरक मत राखेका थिए ।
योसँगै सरकार र डा.गोविन्द केसीबीच यसअघि भएको सहमति तोडिएको छ ।
सहमति तोडिएसँगै डाक्टर केसीले आजैदेखि अनसनमा बस्ने घोषणा गरेका छन् । उनी १६ औं अनसन बस्न प्रदेश नम्बर १ को इलाम पुगिसकेका छन् ।
सरकारले केसीको माग पूरा गर्न गत पुस १७ गतेसम्मको समय माग गरेको थियो । तर, सो समयभित्र माग पूरा नभएपछि केसीले पत्रकार सम्मेलन गर्दै आजका लागि अल्टिमेटम दिएका थिए ।
अल्टिमेटमभित्र विधेयक पारित भएपनि उनको अधिकांश माग पूरा नभएकाले आजैदेखि अनसन सुरु गर्न लागेको हुन ।
डा. केसी आज ४ बजे सम्ममा अनशन बसिसक्ने उनका सहयोगीले जानकारी दिए । अहिले स्थान भने तय भइसकेको छैन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij