काठमाडौं– एनआईसी एसिया बैंकले ‘अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आई एस ओ ९००१ː २०१५’ पाउन सफल भएको छ ।
यस्तो अवार्ड यूनाईटेड रेजिष्टार अफ सिस्टम यूकेले प्रदान गर्ने गर्दछ । विश्वासिलो, आधुनिक र सहज बैंकिङ सेवा प्रदान गरेर आम जनमानसको मन जित्न सफल एन आई सी एशिया बैंकले पुनः अर्को गरिमामय प्रमाणपत्र पाउन सफल भएकोमा खुशी व्यक्त गरेको छ ।
पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखि योजनाहरु, सबल चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकीय क्षमतामा आधारित सेवा आदिमा राम्रो सुधार गर्दै उत्कृष्ट सेवा दिन सफल भएकाले नै यो अन्तराष्ट्रियस्तरको प्रमाणपत्र पाउन बैंक सफल भएको जनाएको छ ।
हाल बैंकले २७० शाखा कार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर एंव २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय एंव आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij