२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पैसा निकालेपछि सर्वोच्चको आदेशः सुमार्गीको खाता रोक्नू

पैसा निकालेपछि सर्वोच्चको आदेशः सुमार्गीको खाता रोक्नू

1.6K
Shares

काठमाडौं । विदेशी लगानीका रुपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको छ ।

यही पुस १० गते न्यायधीश दीपकराज जोशीको इजलासले अन्तरिम आदेश जारी गर्दै स्रोत नखुलेर राष्ट्र बैंकले रोक्का राखेको सुमार्गीको रकम फुकुवा गरिदिएको थियो ।

उक्त आदेशपछि सुमार्गीले मुक्तिश्री सिमेन्ट कम्पनीको नाममा आएको करिब ८४ करोड (९७।५ मिलियन अमेरिकी डलर) रकम बैंकबाट झिकिसकेका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा खबर छ ।

मंगलबार प्रधान्यायधीश चोलेन्द्र शमशेर जबरा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यसअघिको उक्त अन्तरिम आदेशलाई निरन्तरता नदिनू र उनको खाता पहिलकै अवस्थामा राख्नू भनी आदेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij