काठमाडौं– पायोनियर मोटो कर्पले देशभरि विन्टर सर्भिस क्याम्प सञ्चालन गरेको छ।
क्याम्प यही २४ देखि माघ १२ गतेसम्म सञ्चालन हनेछ।
कम्पनीका अनुसार क्याम्पमा निःशुल्क गाडी चेक अप, निःशुल्क टप वास गर्नसकिने छ।
साथै स्पेयर पार्टको खरिदमा २०प्रतिशत सम्म छुट तथा अन्य एक्सोसरिजको खरिदमा २० प्रतिशत छुट पाउन सकिने छ।
क्याम्प नेपालभरका आधिकारिक सर्भिस सेन्टर मार्फत् उपब्ध हुने कम्पनीले जनाएको छ। विन्टर क्याम्प अवधिभर ग्राहकले आफ्नो गाडीको अवस्था एवं कार्य क्षमताको प्राविधिक जाँच गर्न सक्ने कम्पनीको भनाए छ।
पायोनियर मोटो कर्प डाट्सन तथा निशान गाडीको नेपालका लागि आधिकारिक वितरक हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij