२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मापदण्ड मिचेर बनाएको जनप्रतिनिधिको घर डोजर प्रयोग गरी भत्काएपछि…

मापदण्ड मिचेर बनाएको जनप्रतिनिधिको घर डोजर प्रयोग गरी भत्काएपछि…

3.1K
Shares

पोखरा – पोखरा महानगरपालिकाले जनप्रतिनिधिले सार्वजनिक जमिनमा बनाएको मापदण्ड विपरीतको घर भत्काएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

पोखरा महानगरपालिका वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले वडा नम्बर ४ कै फिर्के खोलाको किनारमा बनाएको पक्की घर सोमवार महानगरपालिकाले डोजर प्रयोग गरी भत्काएको हो।

यसैगरी महानगरले सार्वजजनिक जग्गा अतिक्रमण गरी बनाएको पोखरा महानगरपालिका ५ धारापानीस्थित भरत लिगलको घर समेत भत्काएको छ। डोजरसहित पुगेको महानगरपालिकाको टोलीले आइतबार मात्रै ढलान गरी बनाएको वडा सदस्य परियारको एक तले घर पहिले भत्काएको थियो।

घर भत्काउन नदिन वडा सदस्य परियारले अनुनय गरेकी थिइन्। उनले महानगरपालिकाका मेयर र वडा अध्यक्षसँग मौखिक सहमतिमा २०४७ सालदेखि बस्दै आएको स्थानमा पक्की घर बनाएको बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij