२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अख्तियारद्धारा निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

अख्तियारद्धारा निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

1.2K
Shares

काठमाडौं -अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सोमबार अख्तियारले विशेष अदालतमा खड्काले १८ करोड ६६ लाख पाँच हजार रूपैयाँ बराबर अकुत सम्पत्ति जोडेको दाबी सहित मुद्दा दायर गरेको हो।
त्यसमध्ये उनले अन्य व्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढी सम्पत्ति जफत गर्न पनि अख्तियारले विशेषसँग माग गरेको छ।
उनी रहेको २७ करोड ३० लाखको ७५ हजार सम्पत्ति मध्ये वैध आय जम्मा ८ करोड ६४ लाख ६९ हजार भएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेका छन्। खड्काले घरजग्गा खरिदमा मात्र ११ करोड ६१ लाख ४३ हजार लगानी गरेको अख्तियारले जनाएको छ। उनले आयल निगमको कार्यकारी निर्देशक भैसकेपछीका ६ वर्षमा पुर्ख्यौली बाहेकका ३ वटा घर बनाएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij