काठमाडौं – राजधानीको सामाखुसीस्थित जेब्रा क्रसमा माइक्रो बसले मध्यान्ह ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। ठक्करबाट अन्य चार जना घाइते छन्।
बा१ज ९७६६ नम्बरको माइक्रो बसले ठक्कर दिँदा धुम्बाराहीकी सीता दाहालको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जनाएको छ।
घाइते हुनेहरुमा खोटाङकी सपना राई, कोटेश्वरका सुशील अधिकारी, सरिता अधिकारी, धुम्बाराहीकी लक्ष्मी सापकोटा घाइते छन्।
घाइतेमध्ये सापकोटाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।
अन्य घाइतेको सामाखुसीस्थित अल नेपाल अस्पतालमा उपचार भइरहेको छ ।
चालक र माइक्रोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij