काठमाडौं – काठमाडौं महानगरपालिकाले आवश्यक परेको ठाउँमा स्थान्तरण गर्न मिल्ने गरी आकाशे पुल बनाउने घोषणा गरेपनि अब भने फिक्स पुल नै बनाउने भएको छ ।
महानगरपालिका भित्र साना र ठुला गरि १५/२० वटा पुल भए पनि त्यसले यात्रुहरुको बढ्दो चापलाई नियन्त्रण गर्न सकेको छैन । काठमाडौंको मुख्य सहर माइतिघर, त्रिपुरेश्वर, बानेश्वर, कोटेश्वर, र चावहिलमा मानिसको चाप अत्याधिक भएकोले ट्रफिक लोड परेको छ । त्यस्ता ठाउँलाइ मध्यनजर गरेर महानगरपालिकाले पुल राख्ने योजना बनाएको हो ।
बिहान बेलुकाको समयमा मानिसहरुलाई आवतजावत गर्न गाह्रो भएकाले र ट्रफिक चाप धेरै परेकाले महानगरपालिकाले यस्तो निर्णय लिएको हो ।
चाबहिल चोकमा सडक यात्रुको चाप बढी हुने तर, आकाशे पुल नहुँदा सर्वसाधरणलाई बाटो काट्न समस्या हुँदै आएको छ । गाडीको भीडलाई छल्दै बाटो काट्नु पर्ने हुँदा सवारी दुर्घटनाको उच्च जोखिम देखिएकाले तत्काल आकाशे पुल बनाउनुपर्ने अवस्था छ ।
महानगरपालिकाले चक्रपथ आयोजनासँग छलफल गरेर चक्रपथ आयोजनाले बाहिर आकाशे पुल राख्यो भने महानगरपालिकाले चावहिल चोकबाट ५० मिटर पर चुच्चेपाटीतर्फ जाने बाटोमा आकाशे पुल बनाउने काठमाडौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।
अहिले पुलको लागि सर्वे गरिएको ठाउँ मध्ये माइतिघर र बानेश्वरमा भने घरहरु नभत्काई आकाशे पुल बनाउन लागिएकाे र अनय स्थानमा भने चौडाको लागि ठाउँ नपुग्ने हुनाले निजी घरधनीहरुसँग समन्वय गरेर कार्य अगाडि बढाउनु पर्ने प्रवक्ता बताउछन् । आकाशे पुलको डिजाइन गर्न ६ महिना लाग्ने र अहिले सम्भावना अध्ययन भैरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij