२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

राजधानीलगायत देशका विभिन्न भागमा हिउँदे वर्षा, चन्द्रागिरी र दामनमा हिउँ पर्‍यो

राजधानीलगायत देशका विभिन्न भागमा हिउँदे वर्षा, चन्द्रागिरी र दामनमा हिउँ पर्‍यो

3.3K
Shares

काठमाडौं (आज बिहानदेखि राजधानीलगायत देशका विभिन्न भागमा हिउँदे वर्षा भएको छ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायूको प्रभावका कारण देशभरि वर्षा भएको हो । सोमबार भएको वर्षा यो सालको पहिलो हिउँदे वर्षा हो।


महासाखाका अनुसार काठमाडौं आसपासका फूल्चोकी र दामनमा पनि हिउँ पर्ने सम्भावना छ।
यसैबीच राजधानीको चन्द्रागिरीसहित काठमाडौं आसपासका फूलचोकी र दामनमा हिउँ पर्न सुरू गरेको छ।


यस्तै मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरको केही भागमा हिमपात भएको छ। आज बिहानदेखि नै दामन र सिम भञ्ज्याङमा हिमपात भएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij