काठमाडौं -टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङले “विंगर मिनिबस“ सार्वजनिक गरेको छ । नेपालमा बढ्दो टुर र ट्राभललाई लक्षित गरेर नयाँ उत्पादन ल्याइएको सिप्रदीले जानकारी दिएको छ।
सार्वजनिक समारोहमा बोल्दै सिप्रदीका प्रमुख कार्यकारी राजनबाबु श्रेष्ठले नेपालमा आकर्षक मूल्यमा विकसित विशेषतासहित टाटा विंगर मिनिबसलाई परिचित गराउन पाउँदा खुसी भएको बताए। यी बसहरू साँघुरो सडकमा आरामदायी यात्राका लागि बढ्दो मागलाई सम्बोधन गर्न सफल हुने उनको विश्वास रहेको छ।
रूट एप्लिकेसन र टुर र ट्राभल्स खण्डका लागि विशेष रूपमा विकास गरिएको विंगर मिनिबसले यात्रुहरूका लागि आराम र अपरेटरका लागि किफायती भएको कम्पनीको दावी छ। ५४५८ मिमी लामो छ र १५ इन्चको ह्विल क्याप, ग्राउन्ड क्लियरेन्स १८० मिमी दिने यो बसको मूल्य ३० लाख ८० हजारदेखि शुरु हुने कम्पनीले जानकारी दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij