काठमाडौं– सिद्धार्थ बैंकका ग्राहकहरुलाई शुभेक्षा इन्टरनेशनल हस्पिटलमा उपचार सेवा लिँदा ४०% सम्म छुट मिल्ने भएको छ ।
सिद्धार्थ बैंक लिमिटेड र शुभेक्षा इन्टरनेशनल हस्पिटलबीच बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, कार्डवाहक तथा कार्डवाहकका परिवार र बैंकका सम्पूर्ण ग्राहकहरुले यस अस्पतालमा स्वास्थ्य सेवा लिंदा ४०% सम्मको छुट प्राप्त गर्न सक्ने सम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स् सुरेस राज मर्हजन र शुभेक्षा इन्टरनेशनल हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृृत होम प्रसाद अधिकारीले हस्ताक्षर गरे । यस अन्तर्गत बैंकका कर्मचारी तथा ग्राहकहरुले डेविट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा विशेष छुट उपभोग गर्न सक्नेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij