काठमाडौं–ज्योति विकास बैंक र ग्राण्डि इन्टरनेसनल हस्पिटलबीच सहकार्य हुने भएको छ । बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई ग्राण्डि अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सो सम्झौतामा बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक राम हरि आचार्य र अस्पतालका तर्फबाट प्रमुख संचालन अधिकृत कोल.अम्रित खन्नाबीच हस्ताक्षर भएको छ ।
यस बैंकका ग्राहकहरुले बैंकको एटीएम कार्ड देखाएर र बैंकका कर्मचारीहरुले बैंकको आईडेन्टीटी कार्ड देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij