२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनकोसीमा माछापुच्छ्रे बैंकको शाखा

सुनकोसीमा माछापुच्छ्रे बैंकको शाखा

1.6K
Shares

काठमाडौं-माछापुच्छ्रे  बैंकले ओखलढुंगामा शाखा सञ्चालन गरेको छ । बैंकले शाखा विस्तारका क्रममा ओखलढुंगाको सुनकोसी गाउँपालिकामा शाखा सञ्चालन गरेको हो ।

बिहीबार आयोजित कार्यक्रमबीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, प्रदेशसभाका सांसद मोहन खड्का र सुनकोसी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

यसअघि सुनकोसी गाउँपालिकामा कुनै पनि बैंक तथा वित्तीय संस्थाको उपस्थिति थिएन । बैंकको शाखा स्थापनापछि स्थानीयलाई वित्तीय कारोबार गर्न सहज हुने बैंकको विश्वास छ ।

नयाँ शाखाबाट कर्जा, निक्षेपलगायतका सम्पूर्ण आधुनिक बैकिङ सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ । हाल बैंकले ८९ शाखा, ४६ शाखारहित बैकिङ सेवा र १०८ एटिएम काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij