२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति विकास बैंकका सेवाग्राहीलाई चिरायु नेसनल हस्पिटलमा छुट

ज्योति विकास बैंकका सेवाग्राहीलाई चिरायु नेसनल हस्पिटलमा छुट

1K
Shares

काठमाडौं -ज्योति विकास बैंकका सेवाग्राहीले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटको सेवामा छुट पाउने भएका छन् ।
बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा र अस्पतालका डाइरेक्टर सञ्जीव राजभण्डारीले बुधबार सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंक र हस्पिटलसम्बन्धी सहकार्यात्मक सहमति भएसँगै बैंकका ग्राहक तथा कर्मचारीले अस्पतालको विभिन्न सेवामा छुट पाउने भएका हुन् ।
बैंकका ग्राहकले एटिएम कार्ड देखाई तथा कर्मचारीले पचियपत्र देखाई छुट सुविधा लिन सक्नेछन् । हाल बैंकले ८२ शाखा तथा २२ एटिएममार्पmत सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij