काठमाडौं– काठमाडौं महानगरपालिका-३२ जडिबुडीस्थित नक्कली सुनलाई सक्कली सुन भनी बिक्री बितरण गर्ने ललितपुर बस्ने काठमाडौं महानगरपालिका-१७ घर भएका २९ वर्षीय राजु परियारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले सुन जस्तो देखिने बेरुवा औंठी ४१ थान, साझा औंठी १२ थान, सिक्री २१ थान, बाला १ थान, टप ४ थान, चांदी जस्तो देखिने सिक्री १ थान, नगद १६ हजार ७ सय रुपैयाँ, पथ्थर ७ थान, चक्कु १ थान, बिभिन्न ब्यक्तिहरुको नागरिकता १२ थान, बिभिन्न ब्यक्तिको लाईसेन्स ३ थान, जनावरको दांत जस्तो देखिने सेतो बस्तु १ थान, ज्योती बिकास बैंकको खाली चेक १ थान, मोबाईल थान ४ र कालो छालाको हाते ब्याग १ थान सहित उनलाई पक्राउ गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij