काठमाडौं– हुन्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘विन्टर डिलाइट अफर’ सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत आकर्षक नगद उपहार एक वर्षको निःशुल्क बिमा १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, १५ हजार रुपैयाँसम्मको लोयल्टी बोनस तथा स्पट एक्सचेन्ज र मूल्यांकन सुविधा उपलब्ध छ ।
हुन्डाई मोटर कम्पनी विश्वकै पाँच ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्छ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरि करोडौं ग्राहकको मन तथा विश्वास जित्न सफल भएको विज्ञप्तिमा उल्लेख छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मुलुकभर १४ सोरुम र १६ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । सबै हुन्डाईका गाडीहरू चार वर्षको निःशुल्क सर्भिसिङसहित उपलब्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij