२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बर्दिबासमा हात्ती आतंकः आँगनमा बाँधेको भैंसी र पाडालाई उचालेर पछार्यो

बर्दिबासमा हात्ती आतंकः आँगनमा बाँधेको भैंसी र पाडालाई उचालेर पछार्यो

1.4K
Shares

बर्दिबास– महोत्तरीको बर्दिबासमा केही दिनदेखि जंगली हात्तीको आतंक बढ्दै गएको छ । बुधबार साँझ बर्दिवास ४ माईस्थान जंगलबाट निस्किएको दुईवटा हात्तीले गाउँ पसेर बर्दिबास —४ भक्तीपुरमा रहेको कुलप्रसाद सुबेदीको आँगनमा बाँधेर राखेको भैंसी र पाडालाई उचालेर पछारेको थियो ।
हात्ती आक्रमणबाट गम्भीर घाइते भएको पाडोको घट्नास्थलमै मृत्यु भएको छ भने भैंसीको आँङ भाँचिएर गम्भीर घाइते भएको इलाका प्रहरी कार्यलय बर्दिबासले जनाएको छ ।
हालसम्म बर्दिबासमा हात्ती आतंकले दर्जनौं घरमा क्षति पुर्याउनुका साथै किसानले लगाएको बालीनालीसमेत नष्ट गरेको छ ।
हात्ती गाउँ पसेर आतंक मच्चाउन थालेपछि स्थानीय त्रसित भई राती सुत्नसमेत छाडेका छन् ।
यसैगरी बर्दिबास नगरपालिकाका प्रमुख विदुर कुमार कार्कीले नगरबासीलाई हात्तीबाट सुरक्षित राख्न जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालयका प्रतिनिधिसंग छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij