२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

निसान गाडीहरुको ‘विन्टर फेष्ट अफर’ योजना

निसान गाडीहरुको ‘विन्टर फेष्ट अफर’ योजना

1.4K
Shares

काठमाडौं–निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनि पायोनियर मोटो कर्पले निसानका गाडीहरुमा ‘विन्टर फेष्ट अफर’ को उपहार योजना सञ्चालनमा ल्याएको छ । यो उपहार योजना निसानका सबै गाडीहरु निशान एक्स–ट्रायल, टेरानो, नाभारा, सनी, मिक्रा एक्टीभमा लागू हुनेछ ।

निसान “विन्टर फेष्ट अफर” योजना अन्तर्गत ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा रु पाँच लाखसम्म छुट पाउन सक्नेछन् । गाडी एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस र लोयल्टी बोनसबाट पनि ग्राहकहरु लाभान्वित हुन सक्नेछन् ।

सुख्खा जाडोलाई उत्सवमय बनाउन ग्राहकहरुलाई “विन्टर फेष्ट अफर” मार्फत अन्य थुप्रै सुविधाहरु पनि निसानले दिने भएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले २ वर्षको निःशुल्क स्वास्थ्य बीमा (आफ्नो निकटतम परिवारका सदस्यहरुलाई) ३ वर्षको वारेन्टी र सर्भिसिङ र एक वर्षको विस्तृत ईन्स्योरेन्स निःशुल्क प्राप्त गर्नेछन् ।

पायोनियर मोटो कर्पका अनुसार यो योजना अवधिभर पुराना गाडीहरुको उत्कृष्ट मूल्याङकन हुनुका साथै सहज फाइनान्सको पनि सुविधा रहनेछ । यी सुविधाहरुमा शर्तहरु लागू हुनेछन् । यसै योजना अवधिभर अन्य सुविधाका साथै दिइने निःशुल्क एक्सेसोरिज र आकर्षक गिफ्टहरुले भने यो जाडोयामलाई पक्कै उपहार र उत्सवमय बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij