काठमाडौं– रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो ११ औ बार्षिकोत्सब मनाएको छ । साथै रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले ३ जनालाई बिसेष सम्मानका साथै अन्य दर्जन भन्दा बढि व्यक्तिलाई पनि सम्मान गरेका छ । प्रमुख अतिथि गीतकार–साहित्यकार तथा पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइराला रहेका थिए । बरिष्ट सौन्दर्यबिद डा. राजेश्वरी राज्य लक्ष्मी श्रेष्ठ, चर्चित कलाकार निर्माता निर्देशक दिपाश्री निरौला, संचारकर्मी सुशील अर्याललार्इ बिसेष सम्मान प्रदान गरिएको थियो भने त्यसैगरी लायन बालकृष्ण बुर्लाकोटी, प्रदेश सभा सदश्य कल्पना नेपाली, निर्माता निर्देशक समाजसेवी मदु कुमार श्रेष्ठ, बरिष्ट समाजसेवी सुभाष गुरुङलाइ समेत सम्मान गरिएको थियो ।
बिगत ११ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल, बिजी मल तथा सिभिल मलमा रहेर आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ
िउक्त ११ औ बार्षिकोत्सब कार्यक्रममा बोल्दै रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका संरक्षक प्रकाश कुमार श्रेष्ठले फेसियल हाउसको बारेमा प्रस्ट्याउदै ४० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र आफ्नो ग्राहकहरुको सेवा सुबिधालाइ ध्यानमा राख्दै आधुनिक पद्दति द्वारा सम्पुर्ण सेवा प्रदान गर्दै आएको जानकारी गराए ि ग्राहकहरुको बिस्वास माया अनि हाम्रो काम प्रतिको इमान्दारिता मेहनत र उच्चस्तरिय गुणस्तरीय सेवाले गर्दानै एघारौ बर्ष सम्म निरन्तर हामीले सेवा दिन पाइरहेको कुरा श्रेष्ठले उक्त अबसरमा बताए ।
नेपालमा मात्र नभएर चाडैनै अस्ट्रेलिया तथा अमेरिकामा समेत रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको ब्रान्च खोल्न लागिएको र यसले गर्दा नया नया प्रविधिहरु नेपालमा भित्र्याउन सकिने जसले गर्दा राष्मिलाज फेसियल हाउसमा सेवा लिने ग्राहकहरुले अन्तराष्ट्रिय स्तरको सेवा लिन सक्ने कुरा रश्मिलाज फेसियल हाउसकी संचालिका रश्मिला श्रेष्ठले गराईन।
अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेको रश्मिलाज फेसियल हाउसले अंग्रेजी नया बर्ष २०१९ तथा क्रिसमसको उपलक्ष्य पारेर रश्मिलाज फेसियल हाउसको ११ औ बार्षिकोत्सबको मनाउनुको साथै आफ्ना शुभचिन्तकहरु माझ शुभकामना आदान प्रदान गरेको थियो ।
महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij