२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमईको दशैंमाबीस लाख योजनाको दोस्रो विजेता बन्दै बिजेन्द्रले जिते एक लाख

आइएमईको दशैंमाबीस लाख योजनाको दोस्रो विजेता बन्दै बिजेन्द्रले जिते एक लाख

1.4K
Shares

काठमाडौं–नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमामनाइने पर्वहरू जस्तैः दशैं, दीपावली र छठलाई लक्षितगर्दै ल्याएकोसेवाग्राही मूखिप्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमाबीस लाख’योजना अन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरेको छ । रिया मार्फत अमेरिकाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही श्रीबिजेन्द्र थापा सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट दोस्रो महिनाको विजेता घोषित भएका हुन ।मल्लले नगद एक लाख प्राप्त गरेका छन् । उक्त रकम आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृतरुद्रराजपौडेलले विजेतबिजेन्द्रको सिफारिसमा उनकी आमा चिनु माया थापालाई एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।
२०७५ सालअसोज ७ गतेदेखि शुरु भई २०७५ साल मंसिर मसान्तसम्म लागु सेवाग्राहीमुखी यस योजनाअन्तर्गत अहिलेसम्म मासिक ‘लक्कीड्र’ बाट दुई जना विजेता घोषित भइसकेकाछ छन् ।
आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायीक साझेदारमूखि योजना सार्वजनिकगर्दै आइरहेको आइएमईले यसपालीका पर्वहरूमा देश विदेशमा रहनुभएका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी प्रवद्र्धनात्मक योजनासार्वजनिक गरेको थियो । योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’मार्फतरू.१००० को बिलभुक्तानी, हरेक हप्ता १ जनाभाग्यशाली सेवाग्राहीलाई रू.१०,००० नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१ लख नगद तथा बम्परमा१ जनाभाग्यशाली सेवाग्राहीलाई रू.२०(बिस) लाख नगदप्रदान गरिएको कम्पनिले जनाएको छ ।
कम्पनिले १ सय ८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षिततवरबाट वितरण गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij