काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंक र भाटभटेनी सुपर मार्केट डिपार्टमेन्टल स्टोरबीच सम्झौता भएको छ।
उक्त सम्झौता अनुसार बैंकले भाटभटेनीसँग मिलेर ‘लाभ’ नामक सहब्राण्डको भिसा प्लेटिनम क्रेडिट कार्ड जारी गर्नेछ, जसबाट उक्त सह–ब्राण्डको क्रेडिट कार्डबाहकले सबै भाटभटेनीमा सामान खरिद गर्दा नगद फिर्ता तथा छुट अफर प्राप्त गर्नेछन्।
लाभ क्रेडिट कार्ड भएकाले भाटभटेनीमा पहिलोपटकको कारोबारमा २५ प्रतिशत नगद फिर्ता पाउने बैंकले जनाएको छ। साथै सह–ब्राण्डको कार्डबाहकले भाटभटेनीमा किनमेल गर्दा पहिलो ३ महिनाको लागि तत्काल १० प्रतिशत छुट पाउने बैंकको भनाइ छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij